जेठ ११, २०८२, शनिबार

अनलाइनसेवा डटकम शुभारम्भ


Advertisement Image
clock icon 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ ।

अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई डिजिटल युगतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पोखरामा स्थायी घर भई हाल अमेरिका बसोवास गर्दै आएका अधिकारीले नेपाली सेवा र उत्पादनलाई अनलाइनको माध्यमबाट स्वदेश एवं विश्व बजारमा पु¥याउनका लागि यो अभियानमा आकर्षित बनिएको बताए ।

नेपाल सानो तर डिजिटल सम्भावनाले भरिपूर्ण देश रहेको भन्दै उनले अनलाइनसेवा डटकम त्यही सम्भावनालाई वास्तविकतामा बदल्ने एउटा ढोका भएको उल्लेख गरे । 
“सबै सेवा एउटै ठाउँमा-अनलाइनसेवा डटकमको कदम” भन्ने आदर्श बाक्यका साथ सञ्चालित अनलाइनसेवा डटकम केवल वेबसाइट नभई व्यवसाय, पेशा, सूचना, र सेवाहरूलाई एउटै डिजिटल छातामुनि ल्याउने प्रयास भएको उनले जानकारी दिए । 

“यसमा व्यवसायिक सूचीकरण, पेशागत प्रोफाइल, जागिर सूचना, अफर, कार्यक्रम जानकारी, युट्युब तथा वेबसाइट लिंक, हराएको/फेला परेका सामग्री र सरकारी/गैरसरकारी सेवाको विवरण एकै ठाउँमा सहज रूपमा उपलब्ध छन्”, उनले भने ।

पोखरा र काठमाडौंबाट सेवा विस्तार सुरु गरिएको यस प्लेटफर्म अब छिट्टै देशभरका मुख्य शहरमा फैलिने योजना रहेको र चाँडै नै यसको शाखा अमेरिकामा पनि खुल्ने तयारीमा रहेको उनले जानकारी दिए ।

उनका अनुसार कम्पनीले विशेषतः डिजिटल मार्केटिङ, इवेन्ट प्रमोशन, टुरिज्म प्रोमोशन, र दक्ष जनशक्तिको प्रोफाइल व्यवस्थापन जस्ता सेवा प्रदान गर्नेछ ।    

नेपालमा उत्पादित वस्तु तथा सेवालाई अनलाइनमार्फत अमेरिकालगायतका मुलुकमा पुर्‍याउने लक्ष्य रहेको र नेपाल र अमेरिका बीचको व्यापारिक सम्बन्धलाई डिजिटल माध्यमबाट सहज बनाउने प्रयास गरिने उनले बताए ।

कम्पनीले नेपाली युट्युबर, कलाकार, उद्यमी, र डिजिटल सेवाप्रदायकलाई एउटै मञ्चमा ल्याएर उनीहरूको कार्यलाई प्रवर्द्धन गर्ने योजना पनि अघि सारेको छ ।

आजको प्रतिस्पर्धात्मक डिजिटल संसारमा नेपाली युवाहरूका लागि आफनो सीप प्रदर्शन गर्ने उपयुक्त डिजिटल प्लेटफर्म अत्यावश्यक रहेको र अनलाइनसेवा डटकमले त्यो रिक्ततालाई भरिरहेको उनको भनाइ छ ।

सूचना प्रविधिको तीव्र विकाससँगै व्यवसायहरूका लागि डिजिटल उपस्थिति अब विलासी विकल्प नभै अनिवार्य आवश्यकता बनिसकेको भन्दै उनले यसै पृष्ठभूमिमा, अनलाइनसेवा डटकम व्यवसाय र सेवाप्रदायका लागि सस्तो, छिटो र प्रभावकारी प्रचार गर्ने एक भरपर्दो माध्यमको रूपमा स्थापित भइरहेको जानकारी दिए ।

यसले व्यवसायको डिजिटल पहिचान निर्माण गर्नुका साथै व्यवसायलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय ग्राहकसम्म पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै साना उद्यमी या ठूला कम्पनी, अनलाइनसेवा डटकम सबैका लागि उपयोगी बन्न सक्ने सम्भावना बोकेको धारणा राखे ।

यसका माध्यमबाट व्यवसायले प्रदान गरेका विभिन्न अफरको एकीकृत सूची, कार्यक्रम र इभेन्टको जानकारी, रोजगारीका अवसर, हराएका वा फेला परेका वस्तुको विवरण, सिपयुक्त व्यक्तिको प्रोफाइल, आफ्ना भिडियो र वेबसाइट लिंक सार्वजनिक गर्ने सुविधासमेत पाइने कम्पनीले जनाएको छ ।

नेपाली भाषामा विभिन्न कार्यक्रम, समाचार र संगीत सुन्न मिल्ने अनलाइन रेडियो सुविधा, अनलाइन फारम भर्ने, प्यान कार्ड दर्ता, ब्लुबुक नवीकरणजस्ता डिजिटल सेवाको सरल र छिटो पहुँच आदि पाइने जनाइएको छ ।

कम्पनीले भविष्यमा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्ने, सीपयुक्त जनशक्तिको डाटाबेस निर्माण गर्ने र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सेवाको गुणस्तर बढाउने योजना अघि सारेको सिइओ अधिकारीले जानकारी दिए ।

ईगभर्नेन्स, ईमार्केट र ईसेवातर्फ देश अघि बढिरहेको सन्दर्भमा अनलाइनसेवा डटकमले समग्र डिजिटल इकोसिस्टममा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको उनले बताए ।

डिजिटल बजारमा आफ्नो सेवा वा उत्पादनलाई चिनाउने, नयाँ ग्राहकसम्म पुग्ने, र व्यवसाय विस्तार गर्ने चाहना राख्ने सबैका लागि अनलाइनसेवा डटकम एउटा उपयुक्त प्लेटफर्म बन्न सक्ने उनको भनाइ छ ।

सस्तो, छिटो र सरल अनलाइन प्रचार, स्थानीयदेखि अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच, दैनिक अपडेट र सजिलो सामग्री व्यवस्थापनका साथै व्यवसायको डिजिटल पहिचान सुदृढीकरणका लागि अनलाइन सेवा डटकममा आवद्ध हुन उनले आग्रह गरे ।

नेपालको प्रत्येक व्यवसाय, सेवा र सीप अनलाइनमा होस् र संसारभरि फैलियोस् भन्ने आफ्नो सपना भएको र अनलाइनसेवा डटकमका माध्यमबाट यो सपना साकार पार्ने बाटोमा दृढ कदम चालिएको उनले बताए । 

Copyright © 2024 | All rights reserved.