बैशाख २९, २०८२, सोमबार

पोखरा-९ का भूमिहीन सुकुम्बासीद्वारा तीन बुँदे मागपत्र पेस


Advertisement Image
clock icon 2 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ का शिवटोल, पार्वतीटोल र शुभकामना टोलमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई वडाले सूचना टाँस गरेर जग्गा खाली गर्न भनिएकोमा आपत्ति जनाइएको छ ।

साथै भूमिहीनले सूचना बदरसहित तीन बुँदे मागपत्र पेस गरेका छन् ।

उक्त माग पत्रमा मिति २०८२ वैशाख २ गते संरचना हटाई जग्गा खाली गर्ने ३५ दिने सूचना बदर गर्न भनिएको छ ।

राज्यको नाममा रहेको प्रति ऐलानी जग्गा जालझेल गरी व्यक्तिको नाममा दर्ता गरिएको पूर्जा बदर गर्न मालपोत कार्यालय कास्की र भूमि व्यवस्था मन्त्रालयमा सिफारिस गरियोस, सुकुम्बासी समस्या समाधान आयोग कास्की र २०३६ सालदेखि उक्त जग्गामा अमोद कमोद गरी आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जासहित व्यवस्थापन गरियोस् भन्ने रहेको छ ।

शिव टोल विकास संस्थाका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीलाई मागपत्र बुझाएका हुन् । 

राष्ट्रिय भूमिअधिकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर लामिछानेले सहजीकरण गरेका थिए भने राष्ट्रिय भूमिअधिकार मञ्च कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले मागपत्र पढेर सुनाएका थिए ।

Copyright © 2024 | All rights reserved.