0
प्रतिक्रिया
पाेखरा। हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकाे प्रभावले देशका अधिकांश स्थानमा अधिकतम् र न्यूनतम् तापक्रम बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हिमपातको पनि सम्भावना छ ।
गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Copyright © 2024 | All rights reserved.