जेठ ११, २०८२, शनिबार

पोखराको सीएम स्वीमिङ पुल नयाँ व्यवस्थापनमा


Advertisement Image
clock icon 3 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ तेर्सापट्टी स्थित द क्लब सीएम (सीएम स्वीमिङ पुल) अब नयाँ व्यवस्थापनका साथ अघि बढेको छ । 

उक्त स्थानमा धेरै वर्षदेखि सञ्चालन हुँदै आएको स्वीमिङ पुललाई स्तरोन्नति गरी नयाँ व्यवस्थापन पक्षले ‘पोखरा सेन्ट्रल ओयसिस’ का नाममा सञ्चालनमा ल्याइएको हो ।
 
भौतिक पूर्वाधार स्तरोन्नति गरी रेष्टुरेन्ट सुविधासहित सञ्चालनमा ल्याइएको एक सञ्चालक शोभा भुसाल देवकोटाले जानकारी दिइन् । तत्काल एक करोड खर्च गरिएको छ ।
 
स्वीमिङसम्बन्धी सम्पूर्ण तालिम, स्पा, बारिस्टा ट्रेनिङ, क्याफे तथा कन्फरेन्स हल, मेडिटेशन र योगाको सुविधासहित ‘पोखरा सेन्ट्रल ओयसिस’ लाई सञ्चालनमा ल्याइएको सञ्चालक देवकोटाले जानकारी दिइन् ।
 
‘खानाका पारखीका लागि दाउराबाटै पकाएर खुवाउने व्यवस्था गरिनेछ । पोखराको मुख्य बजारभित्र पनि रूख बिरुवा बीच बसी प्राकृतिक आनन्द लिने वातावरण मिल्नेछ । त्यसका लागि द्रुत गतिमा निर्माण कार्य भइरहेको छ’ देवकोटाले भनिन् । 

अब जेठ १५ देखि सम्पूर्ण सुविधासहित सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन् ।
  
यस्तै स्वीमिङ पुलको स्तरोन्नति गरी खुला गरिसकिएको छ ।  पोखरामा सबैभन्दा गहिरो (११ फिट) र बच्चाका लागि छुट्टै पुलको व्यवस्था गरिएको सञ्चालकले जनाएका छन् ।
 
सामान्य स्वीमिङको लागि तीन सय ५० रुपैयाँ तोकिएको छ । जुन पोखरामा सबैभन्दा सस्तो दर हो । बच्चाका लागि दुई सय ५० रुपैंया मात्र लिने गरिएको सञ्चालक देवकोटाले बताइन् ।
 
अनुभवी प्रशिक्षकलाई अनुबन्ध गरी पौडीको नियमित प्रशिक्षणको व्यवस्था पनि मिलाइएको छ । एक हप्ताका लागि सात हजार, १५ दिनका लागि नौ हजार र एक महिनाका लागि १२ हजार रुपैयाँमा पौडी सिक्न सकिनेछ ।

आफूले चाहेको समयमा बालबालिका तथा वयस्कले समेत पौडी सिक्न सक्ने सञ्चालकले जनाएका छन् ।
 

Copyright © 2024 | All rights reserved.