जेठ ११, २०८२, शनिबार

कोटीहोमको प्रचार गर्दै मोटरसाइकल र्‍याली सम्पन्न


Advertisement Image
clock icon 3 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कोटीहोमको प्रचारप्रसारका लागि मानवसेवा फाउण्डेशनले शनिबार पोखरामा आयोजना गरेको मोटरसाइकल ¥याली सम्पन्न भएको छ । 

वैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक-सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित र्‍यालीमा सयौँ मोटरसाइकल चालक सहभागी भए । 
 
र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको थियो। र्‍यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, शीतलादेवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटीहोम स्थलमा पुगेर समापन भएको थियो। 
 
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल ¥यालीले पोखरावासीमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गरेको बताए । 

“यो र्‍यालीले महायज्ञप्रतिको उत्साहलाई अझै बढाएको छ, पोखरेली जनताको सहभागिताले हामीलाई थप प्रेरणा मिलेको छ,” उनले भने । 
 
र्‍यालीमा सहभागी मोटरसाइकल चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डाहरू प्रदर्शन गरे। धार्मिक भजन र सन्देशमूलक नाराहरूले र्‍यालीको वातावरणलाई उत्साहपूर्ण बनाएको थियो। स्थानीयले र्‍यालीलाई हौसला प्रदान गर्दै स्वागत गरेका थिए । 

कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका पूर्वअध्यक्ष तथा होन्डा मोटरसाइकल बिक्रेता चन्द्र कुँवर सहभागी थिए ।

कुँवरले मोटरसाइकल र्‍यालीको आयोजनाले सामाजिक एकता र धार्मिक उत्साहलाई प्रोत्साहन गरेको दावी गरे । 

मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारका लागि थप कार्यक्रमको आयोजना गरिरहेको छ । फाउण्डेशनका अनुसार,बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना हुनेछ।


यसअघि बैशाख ११ गते साइकलर्‍यालीली र बैशाख १२ गते  ट्याक्सी र्‍याली सम्पन्न भइसकेका छन्। 
 
र्‍यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति थप उत्साह फाउड्शनको दावी छ । फाउण्डेशनले आगामी कार्यक्रममा सहभागी भई महायज्ञलाई भव्य र सभ्य बनाउन अपिल गरेको छ ।

Copyright © 2024 | All rights reserved.