0
प्रतिक्रिया
पाेखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।
लामो समयदेखि फरार रहेकी उनलाई शनिबार राति काठमाडाैँ बुढानीलकण्ठकाे कपनस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।
उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् ।
सांसद राई प्रहरीको घेराबाट अघि बढेर संसद्को बैठकमा समेत सहभागी भएकी थिईन्। उनी संसद्को बैठकमा उपस्थित भएको बारेमा प्रहरीलाई जिज्ञासा राख्दा गृह मन्त्रालयबाट पक्राउ गर्ने आदेश नआएको जानकारी दिएका थिए।
बैठकमा उपस्थित भएको दिन बेलुका नै उनलाई प्रहरीले उनको निवासबाट पक्राउ गरेको बुझिएको छ।
सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।
यसैबीच नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले संघीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो ।
Copyright © 2024 | All rights reserved.