जेठ ११, २०८२, शनिबार

नेपाल परिवार नियोजन संघको टोलीद्वारा स्वास्थ्यमन्त्री पौडेलसँग भेट


Advertisement Image
clock icon 3 weeks, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल परिवार नियोजन संघले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरेको छ ।

नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष डा. राजेन्द्र बहादुर श्रेष्ठ नेतृत्व टोलीले आईतबार मन्त्री पौडेलसँग भेट गरेको हो ।

परिवार नियोजन संघको अवस्था वारे जानकारी दिन र सरकारसँग सहकार्यका लागि अनुरोध गर्न टोलीले स्वास्थ्य मन्त्री पौडेलसँग भेटघाट गरेको नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका सभापति नवीन सिग्देलले जानकारी दिए ।

भेटका क्रममा स्वास्थ्य मन्त्री पौडेलले समयको माग अनुसार कार्यक्रमका जोड दिन अनुरोध गरे । ‘सरकार सहकार्यलाई तयार छ’ उनले भने, ‘हामी छलफल नै गरेर अगाडि बढौला ।’

सो अवसरमा संघका केन्द्रीय अध्यक्ष श्रेष्ठ र संघका कार्यकारी निर्देशक डा. प्रविण शाक्यले कार्यक्रमका बारेमा जानकारी गराएको थिए । 

Copyright © 2024 | All rights reserved.