0
प्रतिक्रिया
पोखरा । कास्कीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।
अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा चट्याङ लागेर उनीहरुको ज्यान गएको हो ।
मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका वडा नं २ का भरतकुमार राई र महेश राई छन् ।
उनीहरु त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा सिढी लगाउने, रेलिङ हाल्ने र पदमार्ग फराकिलो बनाउन काममा खटिएका मजदुर हुन् ।
हिडन लेक क्षेत्रमा आइतबार दिउँसो भीषण असिना पानी र चट्याङ परेको पदमार्गको दोबाटोमा होटल व्यवसायी एवं पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङले जानकारी दिए ।
असिना पानी परेपछि उक्त क्षेत्रमा हिमपात भएएकाले शव निकाल्न कठिन भइरहेको उनले बताए ।
Copyright © 2024 | All rights reserved.