जेठ ११, २०८२, शनिबार

मुक्तिनाथ दर्शन गर्न गएका स्याङ्जाका गोपीरामको लेक लागेर मृत्यु


Advertisement Image
clock icon 3 weeks, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मुस्ताङमा स्याङ्गजाको कालीगण्डकी गाउँपालिका वडा नं २ का ७५ वर्षीय गोपीराम गाहाको लेक लागेर ज्यान गएको छ ।

उनी मुक्तिनाथ मन्दिर दर्शन र कागबेनीमा पितृलाई तर्पण दिनका लागि शनिबार मुस्ताङ पुगेका थिए ।

प्रहरीका अनुसार उनलाई मार्फा पुग्नेवित्तिकै लेक लागेको थियो ।

गाहाको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोम पुर्याइएकोमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । 

Copyright © 2024 | All rights reserved.