0
प्रतिक्रिया
पोखरा । क्यानडामा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
यो घटना शनिबार लापु लापु दिवस मनाउने क्रममा भएको थियो । भ्यानकुभरस्थित भीडमा कार ठोक्किँदा सो दुर्घटना भएको हो ।
प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताए । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।
रोयले यस मुद्दाको अनुसन्धान १०० भन्दा बढी प्रहरी अधिकारीहरूले गरिरहेको बताएका छन्। उनले घटनास्थलबाट महत्त्वपूर्ण प्रमाण सङ्कलन भइरहेको र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने काम पनि भइरहेको जानकारी दिए ।
यस घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ । अनुसन्धानबाट उनलाई मानसिक स्वास्थ्य समस्याको इतिहास रहेको खुलेको प्रहरीले जनाएको छ ।
रोयले यो घटनाको कारण स्पष्ट नभए पनि प्रमाण र आफ्नो विश्वासको आधारमा यो आतंकवादी घटना नभएको भन्न सक्ने बताए ।
Copyright © 2024 | All rights reserved.