बैशाख १९, २०८२, शुक्रबार

बुधबारदेखि विद्यालय सञ्चालन गर्न पोखरा महानगरपालिकाको आग्रह


Advertisement Image
clock icon 4 days, 5 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाले बुधबारसम्ममा विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । 

शिक्षा महाशाखाले आज एक सूचना प्रकाशन गरी बुधबारसम्ममा सामुदायिक विद्यालयमा पठनपाठन पठनपाठन नियमित गर्न शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलाई आग्रह गरेको हो । 

पोखरामा निजी विद्यालयमा भने पढाई सञ्चालन भइसकेको छ । निजी विद्यालयले गत वैशाख ११ देखि पठनपाठन शुरु गरेका हुन् ।

शिक्षकहरु आन्दोलनमा गएपछि सामुदायिक विद्यालयमा पढाई सुचारु हुन नसकेको हो । केही विद्यालयमा विद्यार्थी भर्नासमेत हुन सकेको छैन । 

नगर शिक्षा समितिको आइतबारको बैठकले पठनपाठन नियमित गर्न शिक्षकलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

नयाँ शैक्षिक सत्र वैशाख ८ देखि सञ्चालन गर्ने महानगर शिक्षा महाशाखाको तयारी थियो । तर, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा रहेपछि संस्थागत विद्यालयको पठनपाठन पनि स्थगित गरिएको थियो । 

पोखरामा एक सय ९८ सामुदायिक र एक सय ७५ संस्थागत विद्यालय छन् । जसमा नर्सरीदेखि कक्षा १२ सम्ममा करिब एक लाख ४४ हजार विद्यार्थी अध्ययनरत छन् ।

Copyright © 2024 | All rights reserved.