बैशाख १६, २०८२, मंगलबार

चट्याङ लागेर गोरखामा एकको मृत्यु , दुई जना घाइते


Advertisement Image
clock icon 8 hours, 8 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । चट्याङ लागेर गोरखामा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका वडा नं १ बक्राङका ४२ बर्षीय राजु खनाल छन् । 

भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माका अनुसार आइतबार साँझ परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । 

उनलाई उपचारका लागि जिल्ला अस्पताल गोरखामा लगिएकामा उपचारकै क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । 

यसैगरी आइतबार साँझ नै चट्याङ लागेर पालुङटार नगरपालिका वडा नं ७ को च्याङलीका ५० बर्षीया सुकमाया आले, १८ बर्षीया विपना आले घाइते भएका छन् ।

उनीहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.