0
प्रतिक्रिया
पोखरा । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । सोमबार उनीहरुको सरुवा गरिएको हो ।
सरुवा सूची अनुसार गण्डकी प्रदेश प्रहरी गणका अनन्तराम शर्मालाई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ ।
यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालयका अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेश प्रहरी कार्यालय राजकुमार सिलवाललाई नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारामा सरुवा गरिएको छ ।
यस्तै स्याङ्जा प्रहरी प्रमुख शालिकराम शर्मालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखामा, गोरखा प्रहरी प्रमुख वासुदेव पाठकलाई काजमा प्रहरी प्रधान कार्यालय, बागलुङ प्रहरी प्रमुख ऋषिराम कंडेललाई काजमा प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको बताइएको छ ।
यसैगरी अनन्तराम शर्माको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको छ । अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा गरिएको छ ।
अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर, धनुषामा सरुवा गरिएको छ ।
Copyright © 2024 | All rights reserved.