बैशाख १५, २०८२, सोमबार

पोखराबाट उदयपुर जाँदै गरेको बसको ठक्करबाट एकको मृत्यु


Advertisement Image
clock icon 5 hours, 11 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं ३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारी छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाैँडा उपमहानगरपालिका वडा नं ८ स्थित सडकमा ना७ख ११०१ नम्बरको यात्रु बाहकको ठक्करबाट अन्सारी गम्भीर घाइते भएका थिए ।

अन्सारीको हेटाैँडा अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

मृतक अन्सारी ना५ख ८६६८ नं को ट्रकको धनी रहेको पाइएको छ । बिग्रिएको ट्रक मर्मतका लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको डीएसपी अर्यालको भनाइ छ ।

ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका वडा नं २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2024 | All rights reserved.