0
प्रतिक्रिया
पोखरा । मदिरा व्यवसायी संघ कास्कीको अध्यक्षमा कृष्णबहादुर भाट निर्वाचित भएका छन् ।
संघको १३औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले भाटलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा नेत्र ढुंगाना, प्रथम उपाध्यक्षमा राधाकृष्ण देवकोटा, द्वितीय उपाध्यक्षमा मिलन राणा शमशेर, महासचिवमा राम पोखरेल, सचिवमा हरि कँडेल, कोषाध्यक्षमा धनबहादुर पराजुली र सहकोषाध्यक्षमा कृष्ण पोखरेल निर्वाचित भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यमा ऋषि न्यौपाने, कृष्णप्रसाद पौडेल, सुरेश भुवाई, सुदर्शन श्रेष्ठ, रविन गुरुङ, ढाकाराम अर्याल, सन्दीप बास्तोला र सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।
Copyright © 2024 | All rights reserved.