0
प्रतिक्रिया
पाेखरा । आज अन्तर्राष्ट्रिय नृत्य दिवस संसारभर विविध कार्यक्रम गरी मनाइँदै छ । याे दिवस सन् १९८२ देखि यूनेस्कोकाे सहयाेगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्काे पहलमा मनाउन थालिएकाे हाे ।
त्यसयता हरेक वर्ष २९ अप्रिलमा नृत्य दिवस मनाउने गरिएकाे छ । यस दिन अर्थात २९ अप्रिल जिन जर्जस् नोभेरेको जन्मदिन हाे, जसलाई आधुनिक ब्याले नृत्यकाे निर्माता मानिन्छ ।
दिवसका अवसरमा जनमानसमा नृत्यको महत्त्व बुझाउने प्रयास गरिन्छ । हिजाेआज शैक्षिक प्रणालीदेखि सबै क्षेत्रमा नृत्यलाई उचित स्थान प्रदान गरिनुपर्ने आवाज बुलन्द बन्दै गएको छ ।
रंगकर्ममा त नृत्यको खास महत्त्व छ नै, अन्य विभिन्न उद्देश्यले आयोजना गरिने कार्यक्रममा समेत नृत्यलाई महत्त्वपूर्ण हिस्साका रूपमा समावेश गर्न थालिएको छ ।
विभिन्न चाडपर्व, विवाह भोज, जन्मदिनका अवसरमा नृत्य कार्यक्रम बिना पूर्ण नहुने मान्यता सामान्यजस्ताे बनेकाे छ। राजनीतिक आमसभामा समेत भीड जम्मा गर्न नृत्यका कार्यक्रम राखिने गरेकाे छ ।
Copyright © 2024 | All rights reserved.