जेठ १२, २०८२, आइतबार

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


Advertisement Image
clock icon 3 weeks, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिरहेको जलवास्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि देशको मौसम पूर्वानुमान जारी गरेको छ । 

विभागका अनुसार गण्डकी, कोशी, मधेस, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

आज दिउँसो गण्डकी, कोशी, बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

यसका साथै बाँकी भूभागका एक-दुई स्थानमा पनि यस्तो वर्षाको सम्भावना छ । गण्डकी, कोशी र बागमती प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी प्रदेशलगायत गण्डकी र बागमतीको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । 

गण्डकी, कोशी र बागमती प्रदेश र प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.