बैशाख १७, २०८२, बुधबार

आज गण्डकीसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना


Advertisement Image
clock icon 4 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ । पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ । लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भने हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ ।

गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक,दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

Copyright © 2024 | All rights reserved.