0
प्रतिक्रिया
पोखरा । पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लाष्टिक बोतल संकलन विन प्रदान गरेको छ ।
पोखरा रंगशालाभित्र प्लाष्टिकका बोतल संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको समन्वयमा रंगशालामा बोतल विन हस्तान्तरण गरिएको हो ।
हिमालयन लाइफ प्लाष्टिक प्रालिको तर्फबाट पोखरा रंगशाला फोहोर संकलनका लागि एक थान प्लाष्टिक बोतल संकलन विन हस्तान्तरण गरिएको छ । अन्य विन बन्ने क्रममा रहेकाले त्यो पनि छिट्टै प्रदान हुनेछ ।
हिमालयनको तर्फबाट सोर्सिङ म्यानेजर दिपशन श्रीमल र कास्की जिल्ला खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष मिलन गुरुङ, सचिव अञ्जु केसी र कार्यालय प्रमुख सुनबहादुर लामाले हस्तान्तरण गरेका थिए ।
बोतललाई पुनः प्रयोग गर्नका लागि यो योजना अघि बढेको हो । विशेषगरि प्लाष्टिकका बोतल ल्याण्डफिल साइडमा नजाने गरि यो योजना अघि बढेको हो । उक्त विनमा बोतलको विर्को राख्ने र बोतल राख्ने फरक-फरक छ ।
हिमालयनका प्लाष्टिक र युएनडिपीको तर्फबाट योन्सियो ओह र जिसिआरयु परियोजना सशी थापाको समेत सहभागिता थियो ।
बोतल विन उपलब्ध गराएकोमा कास्की जिल्ला विकास समिति अध्यक्ष गुरुङले पोखरा भित्रका फोहोर संकलनका लागि गरेको सहयोगले पर्यावरणलाई समेत सफा राख्न मद्धत गर्ने सुनाए ।
उनले रंगशालाभित्र विभिन्न गतिविधि निरन्तर हुने र त्यहाँ प्लाष्टिक जन्य बोतलको प्रयोग र व्यवस्थापनमा समेत चुुनौति रहेको समयमा बोतल विनले व्यवस्थापनमा टेवा पुग्नेमा आशावादी रहेको सुनाए ।
रंगशालामा एक–दुई थानले मात्र नपुग्ने भन्दै थप व्यस्थापनका लागि अन्य विन समेत ल्याउन आग्रह गरे ।
Copyright © 2024 | All rights reserved.