जेठ ०८, २०८२, बुधबार

सरकार-शिक्षक वार्ता सकारात्मक, आन्दोलन रोकिने


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । आन्दोलनरत शिक्षकहरुको आन्दोलन रोकिने भएको छ। सरकारसँग बुधबार भएको वार्ता सकारात्मक भएसँगै आन्दोलन रोकिने भएको हो ।

मंगलबार राति र बुधबार दिउँसोदेखि साँझसम्म बसेको वार्ता सकारात्मक तरिकाले भएको भन्दै शिक्षक आन्दोलन रोक्ने सहमति भएको हो । 

 

 

अहिले मुख्यगरी दुई ओटा सहमति भएका छन् । सो अनुसार पहिले मन्त्रिपरिषद् बैठकबाट नौ बुँदे सहमति निर्णय गर्ने र संसदमा जारी अधिवेशनबाट शिक्षा ऐन पारित गरिने भएको छ । 

शिक्षक र सरकारबीचको सहमतिलाई मन्त्रिपरिषद् बैठकले अनुमोदान गर्दैछ । 

आन्दोलनरत शिक्षकहरुले मन्त्रिपरिषद् बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने बताइएको छ । 

सामुदायिक शिक्षकहरुले गत चैत २० गतेदेखि आन्दोलन थालेका हुन् । उनीहरुले सहमति नभएसम्म आन्दोलन नछाड्ने अडान लिइरहेका छन् । 

विगतका सरकारले आफूहरुसँग उधारो सहमति गरेको आरोप उनीहरुसँग छ । 

Copyright © 2024 | All rights reserved.