बैशाख १८, २०८२, बिहीबार

घट्याे पेट्रोलियम पदार्थको भाउ


Advertisement Image
clock icon 7 hours, 24 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनले भाउ घटाएर पठाएपछि नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो । 

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा समान १ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २९ डलर घटाइएको छ । 

एलपी ग्यास प्रति सिलिन्डर १५ रुपैयाँ ७० पैसा घटेर आएको भए पनि हालको मूल्य यथावत् राखिएको छ । 

यो मूल्य समायोजनले उपभोक्तालाई हल्का राहत दिएको छ ।

Copyright © 2024 | All rights reserved.