बैशाख १८, २०८२, बिहीबार

पोखरामा बिहानैदेखि वर्षा, देशभर कस्तो होला ?


Advertisement Image
clock icon 9 hours, 21 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकाे प्रभावले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने पोखरामा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

आज देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एक–दुई स्थानमा पनि यस्तो वर्षाको सम्भावना छ ।

देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी, बागमती र प्रदेशको हिमाली भूभागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना महाशाखाले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.