जेठ १७, २०८२, शुक्रबार

आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 4 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ ।

आज बिहीबार सुनको भाउ तोलामा चार हजार छ सय रुपैयाँ घटेकाे हाे । छापावाला सुनकाे मूल्य घटेर लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ अघिल्लो दिन बुधबार प्रतितोला एक लाख ८८ हजार एक सय रुपैयाँ रहेको थियो ।

यता, असली चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँ रहेको थियो ।

Copyright © 2024 | All rights reserved.