0
प्रतिक्रिया
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत नेपालमा आंशिक प्रभावसमेत रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशलगायत देशको पहाडी भूभागको एक, दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक, दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।
आज राति गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
गण्डकी र कोशी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
साथै गण्डकी र कोशी प्रदेशका हिमाली भूभागका एक, दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.