बैशाख २०, २०८२, शनिबार

रोटरी काठमाडाैँ हेरिटेजको शिविरमा दुई सय ५० जनाको स्वास्थ्य परीक्षण


Advertisement Image
clock icon 15 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । रोटरी काठमाडाैँ हेरिटेजले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । काठमाडौं गुह्येश्वरीस्थित बाल सारथि एकेडेमीमा शिविर आयोजना गरिएको हो ।

शिविरमा एकेडेमीमा अध्ययनरत विद्यार्थी र स्थानीयसहित दुई सय ५० जनाले स्वास्थ्य परीक्षण गराउनुको साथै उनीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिविरका लागि शान्ति सेवा गृहले डक्टर तथा अन्य मेडिकल टिम सहयोग गरेको थियो ।

क्लबका चार्टर्ड प्रेसिडेन्ट हेमाकुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन क्लबका मेम्बरसिप चेयर डा. माला खरेलले गरेकी थिइन् ।

टोल सुधार समिति अध्यक्ष एवं प्रमुख अतिथि हरि पाण्डे नेपालको स्वास्थ्य र शैक्षिक क्षेत्रमा रोटरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमको सञ्चालन क्लब सचिव डा. बुद्धि मल्लले गरेका थिए ।

कार्यक्रममा सेवाग्राहीको नि:शुल्क रक्त परीक्षण, स्वास्थ परीक्षण, दन्त परीक्षण गर्नुका साथै फिजियोथेरापी सेवा तथा अन्य विभिन्न प्रकारका रोगको परामर्श उपलब्ध गराइएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गराएकालाई निःशुल्क जुकाको औषधि, लिटो, सातु, दन्त मन्जन, ब्रस तथा अन्य विभिन्न औषधि उपलब्ध गराईएको थियो ।

क्लबले यसअघि क्यान्सर सचेतना तथा अन्य क्लबसँग मिलेर निःशुल्क स्वास्थ शिविर आयोजना गरिसकेको क्लब सचिव मल्लले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.