बैशाख २०, २०८२, शनिबार

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक


Advertisement Image
clock icon 15 hours, 16 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्
 ।
नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।

नीति तथा कार्यक्रममार्फत सरकारले सहमतिकै आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ ।

साथै स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने,  एकीकृत परियोजना बैंक लागू गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंक स्थापना गर्ने घोषणा गरिएको छ । 

यसैगरी आगामी आर्थिक वर्ष २०८२/८३ मा स्रोत व्यवस्थापनका लागि वैकल्पिक वित्त कोष स्थापना, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचना गर्ने, बैंकहरुको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा सम्हाल्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना, सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने घोषणा, कृषि मल कारखानाको विषय फेरि ल्याएको छ ।

नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई पनि खेलकुद क्षेत्रसँग जोड्ने, यूरो ६ मापदण्ड लागू गर्ने,  रैथानेबाली प्रवद्र्धन गर्ने नीति प्रबद्र्धन, कृषि क्षेत्रमा व्यावसायिक ढंगले काम गर्ने किसानलाई प्रोत्साहन गर्ने, मस्तिष्क, मेरुदण्ड, मानसिक तथा स्नायु रोगको उपचारको लागि काठमाडौमा एक अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने सरकारले घोषणा गरेको छ ।

सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न आगामी जेठ २ देखि ४ सम्म ‘सगरमाथा संवाद’ आयोजना गर्ने, विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने, विद्युत् अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयनको नीति लिएको जनाइएको छ ।

Copyright © 2024 | All rights reserved.