0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ वैशाख २० गते शनिबार, इस्वीसंवत मे ३ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको षष्ठी तिथि दिनमा १ः३४ बजेसम्म त्यसपश्चात् सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु साँझमा ६ः०४ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा धृति ८ घटि १४ पलासम्म त्यसपछि शूल लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३३ घटि २ पला अर्थात १३ घण्टा १५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः२६ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा १०ः१७ बजे र अस्ताउने समय रातिमा १२ः०० बजे रहेको छ । आज प्रेस स्वतन्त्रता दिवस रहेको छ ।
आजको राशिफल
मेषः आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला ।
वृषः आज मनमा बिना कामका चिन्ताले सताउनेछन् । आँफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ ।
मिथुनः आज लाभका मौका उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आफूलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नयाँ सामान किन्ने र घर सजाउनेमा विशेष चाहना यो हप्ता हुने देखिन्छ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ ।
कर्कटः आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासि खराबी आउन सक्नेछ । आँटेका काममा असफलता, सोचेजतिका सबै काममा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।
सिंहः आज स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भइ सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।
कन्याः आज स्वास्थ्यमा खास कुनै गड्वढी देखिनेछैन । तर आँटेका सोचेका काममा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । समग्रमा आजको समय मध्यम रहनेछ ।
तुलाः आज स्वास्थ्यमा राम्रो रहनेछ । इज्जत, प्रतिष्ठा बढ्ने ठाउँमा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । आज विशेष कार्यक्रममा भाग लिने स्थिति आउला भन्न सकिन्छ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ । भरपूर उपयोग गर्नुहोला ।
वृश्चिकः आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कुलमा लगानी अथवा कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।
धनुः आज पूरानो रोगले दुःख दिन सक्नेछ । खाना नपच्ने, आफन्तै व्यक्तिसँग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ । सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीसँग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन । पेट दुख्ने ग्याष्ट्रिक, शूल, वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ । आज खाने पिउने मामलामा पनि दुःख पाइने देखिन्छ ।
मकरः आज आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबढी, दुःखको समाचारसमेत सुन्नुपर्नेछ, सतर्क रही काम गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन ।
कुम्भः आज आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ ।
मीनः आज आफ्नो काममा आफ्नै व्यक्तिले बाधा पार्नेछन । त्यसकारण तपाइँको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ अर्थात यो हप्ता स्वास्थ्य त्यति भरोसाको रहनेछैन ।
साहित (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः२३ बजेदेखि ७ः०२ बजेसम्म काल बेला
बिहान ७ः०२ बजेदेखि ८ः४१ बजेसम्म शुभ बेला
बिहान ८ः४१ बजेदेखि १०ः२१ बजेसम्म रोग बेला
बिहान १०ः२१ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
दिनमा १२ः०० बजेदेखि १ः४० बजेसम्म चर बेला
दिनमा १ः४० बजेदेखि ३ः१९ बजेसम्म लाभ बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५९ बजेसम्म अमृत बेला
दिनमा ४ः५९ बजेदेखि ६ः३८ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः३८ बजेदेखि ७ः५९ बजेसम्म शुभ बेला
साँझ ७ः५९ बजेदेखि ९ः१९ बजेसम्म रोग बेला
राति ९ः१९ बजेदेखि १०ः३९ बजेसम्म उद्धेग बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म चर बेला
राति १२ः०० बजेदेखि १ः२० बजेसम्म लाभ बेला
राति १ः२० बजेदेखि २ः४१ बजेसम्म अमृत बेला
रातिमा २ः४१ बजेदेखि ४ः०१ बजेसम्म काल बेला
रातिमा ४ः०१ बजेदेखि ०५ः२२ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.