बैशाख २१, २०८२, आइतबार

भारतीय लक्जरी अफेयर्सको टोली पोखरामा


Advertisement Image
clock icon 14 hours, 59 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट क्षेत्रमा प्रभावशाली पहिचान बनाएका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।

नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ विलासिता, जीवनशैली र व्यवसायका क्षेत्रमा भारतमा अग्रणी स्थान बनाएका व्यक्तित्व सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डललाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको नेतृत्वमा पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्द्वारा स्वागत गरिएकाे हाे ।

उनीहरूलाई शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्या तथा नौमती बाजाबाट स्वागत गरिएको थियो ।

स्वागतपश्चात् लेकसाइडको होटेल टेम्पल बेल बुटिकमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भ्रमण टोलीलाई पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय चिनारीबारे जानकारी गराए ।

पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएको भन्दै उनले यहाँको पर्यटकीय सौन्दर्यता एवं गतिविधिलाई भारतीय पर्यटकले रुचाउने गरेको बताए ।

पोखरा र आसपासका गन्तव्यमा उच्च गुणस्तरका सेवा सुविधा युक्त होटेल रेष्टुरेन्ट रहेको र पछिल्ला समयमा उच्च गुणस्तरीय सेवा प्रदायक बृद्धि भएको उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू पनि सञ्चालन हुन थालेको उनले जानकारी दिए ।

पोखरा महामनगरपालिकाका प्रवक्ता मोतीराज तिमल्सिनाले पोखरा भ्रमण वर्ष २०२५ को घोषणासँगै यहाँ पर्यटन सम्बद्ध संघसंस्थाबाट विभिन्न प्याकेज घोषणा गरिएको जानकारी दिए ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा प्राकृतिक, सांस्कृतिक एवं साहसिक पर्यटनको गन्तव्य रहेको भन्दै पोखरा भ्रमण वर्षलाई सफल बनाउन भारतीय पर्यटकको महत्वपूर्ण भूमिका हुने स्पष्ट पारे ,

नेपाल भ्रमणमा रहेका भारतीय टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

उनले भारतबाट विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रमा अग्रणी व्यक्तिहरूको भ्रमणले पोखरा हित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय प्रतिनिधिमण्डलका सदस्य उपौल मजुम्द्रले पोखरामा गरिएको न्यानो आतिथ्यताको प्रशंसा गरे । पर्यटन विज्ञ दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.