0
प्रतिक्रिया
पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाई गरेको छ । जिल्ला खेलकुद विकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो ।
पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँस उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले एथलेटिक्स संघले रंगशालाको ट्रयाकको भाग सरसफाई गरिएको जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले जानकारी दिए ।
संघले पोखरा रंगशालालाई सफाइ राख्ने उद्देश्यले वर्सेनि सरसफाइ गर्दै आइरहेको र त्यसकै निरन्तरता स्वरुप शुक्रबार रंगशाला परिसरमा सरसफाई गरिएको र त्यसमा पश्चिम पृतनाको समेत सहयोग रहेको बताए ।
वर्षायाम अगाडि सरसफाइ गरिएको र वर्षा याममा पुनः झार उम्रिने भएकाले वर्षालगतै पुनः सरसफाइ गरिने उनको भनाइ छ ।
भर्खरै रंगशालामा संघको आयोजनामा राष्ट्रिय स्तरको खेल सम्पन्न गरिसकेको र उक्त खेल आयोजना गर्ने समयमा पनि सरसफाई गर्ने आफूहरुको योजना रहेकता पनि समय अभावका कारण सरसफाई गर्न नसकिएको र हाल आएर सरसफाई गरिएको उनले बताए ।
कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मीलन गुरुङले पोखरा रंगशाला सरसफाइलाई ध्यान दिइएको बताए । विभिन्न संघ संस्थाको सहकार्यमा पोखरा रंगशालाको सरसफाइलाई निरन्तरता दिइरहेको भन्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताए ।
जिल्ला एथलेटिक्स संघले रंगशाला भित्रको ट्रयाकमा जम्मा भएको फोहोरका कारण ट्रयाक जीर्ण हुने भएकाले वर्षमा दुई पटक आफूहरुले ट्रयाक सरसफाई गर्ने संघका सचिव तथा सरसफाइ कार्यक्रमका संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए ।
अधिकारीले रंगशालाको ट्रयाक विशेष गरी एथलेटिक्सका विभिन्न खेल सञ्चालनका लागि आफूहरुकले प्रयोग गर्दै आइरहेकाले एथलेटिक्स संघले नै त्यसलाई चासोका साथ हेर्दै आइरहेको समेत बताए ।
Copyright © 2024 | All rights reserved.