0
प्रतिक्रिया
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा “लागुऔषध नियन्त्रण महाअभियान” कार्यक्रमअन्तर्गत सचेतनामूलक साइकल र्याली सम्पन्न भएको छ ।
साइकल र्याली उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको गेटबाट शुरु भएको साइकल र्याली नयाँबजार, पृथ्बीचोक, बिरौटाचोक, राष्ट्रबैंकचोक, हल्लनचोक, जिरोकिमी, सभागृहचोक, न्यूराेड हुँदै मानवअधिकारचोकमा पुगेर समापन गरिएको थियो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसमेत सहभागी थिए ।
साथै कृष्ण दल फूलवारी व्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेडक्वाटर कालिकाका सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेना, साईकल सिटी कास्कीका पोखराका अध्यक्ष तथा पदाधिकारीलगायत सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.