बैशाख २१, २०८२, आइतबार

पोखरामा सिमसिम वर्षा जारी, अन्यत्र के होला ?


Advertisement Image
clock icon 6 hours, 10 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ ।

पोखरामा रातिदेखि नै सिमसिम वर्षा भइरहेको छ । आज गण्डकी, कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ । 

यसैगरी देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागको एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

देशको हिमाली भूभागका एक, दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

Copyright © 2024 | All rights reserved.