बैशाख २१, २०८२, आइतबार

सिर्जना स्कुलमा सदन विभाजन


Advertisement Image
clock icon 4 hours, 24 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोकस्थित सिर्जना सेकेण्डरी स्कुलमा सदन विभाजन भएको छ । 

शैक्षिक सत्र २०८२ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीबीच प्रतिस्पर्धा गराउने उद्देश्यका साथ कक्षा १ देखि १० सम्मका विद्याथीलाई क्रमशः पहेंलो, रातो, हरियो र नीलो गरी चार सदनमा विभाजन गरिएको थियो। 

पहेंलो सदनबाट सदन क्याप्टेनमा कक्षा १० आइन्स्टाइनका अप्सन बरुवाल र भाइस क्याप्टेनमा कक्षा नौ आइन्स्टाइनकी रोमिया भण्डारी छन् भने रातो सदनमा कक्षा १० आइन्स्टाइनका दिवस तिवारी क्याप्टेन र नौ न्युटनकी निकिता अधिकारी भाइस क्याप्टेन छन् । 

यसैगरी हरियो सदनको क्याप्टेनमा कक्षा १० न्युटनकी अनिशा गुरुङ र नौ आइन्स्टाइनकी समृद्धि अधिकारी भाइस क्याप्टेन छन् भने नीलो सदनको क्यापटेनमा १० न्युटनका कुशल पन्त र भाइस क्याप्टेनमा कक्षा ९ न्युटनकी विद्या खड्का छन् । 

पहेंलो सदनको सदन शिक्षक प्रमुखमा विष्णुप्रसाद सुवेदी, रातो सदनमा सन्तोष पौडेल, हरियो सदनमा आलम गिर खान र नीलो, सदनमा विश्व बन्धु काफ्ले छन् ।

विद्यार्थीलाई जिम्मेवार कर्तव्यनिष्ठ, लगनशील एवं प्रतिष्पर्धी बन्दै आआफ्नो सदनलाई अघि बढाउन विद्यालयका सल्लाहकार कृष्ण घिमिरेले आग्रह गरे । 

कार्यक्रम सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विक्रम दुवेले गरेका थिए । 

Copyright © 2024 | All rights reserved.