बैशाख २१, २०८२, आइतबार

आज सुनको भाउ बढ्यो


Advertisement Image
clock icon 6 hours, 40 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस हिसाबले छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ । 

यसैबिच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो ।

Copyright © 2024 | All rights reserved.