जेठ १०, २०८२, शुक्रबार

इरानी टोली लायन्स कपकाे फाइनलमा


Advertisement Image
clock icon 2 weeks, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो सेट २०-२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो । इरानी टोलीले दोस्रो सेट २५-२०, तेस्रो सेट २८-२६ र चौथो सेट २६-२४ को पुनरागमन जित दर्ता गरेको हाे । चौथो सेटमा १८-२१ को अवस्थालाई उल्टाउँदै इरानी टोलीले २६-२४ को जित निकाल्न सफल रहेको थियो ।

दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीच भइरहेको छ । पुलिस समूह ‘बी’ को विजेता र एपिएफ समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल सोमबार हुनेछ ।

प्रतियोगितामा सहभागी छ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुइमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ ।

प्रतियोगिताको विजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ, उपविजेताले दुई लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।

यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले एक लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार चार सय ४४ तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही आठ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.