0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेश फुटबल संघले पहिलो पटक राष्ट्रिय स्तरको ‘गण्डकी कप महिला फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
प्रतियोगिता असार २८ देखि साउन ३ गतेसम्म हुने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुुसार पोखरामा हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको (एपीएफ) समेत सहभागी हुने बताइन्छ ।
‘एन्फाले डेट दिएपछि हामीले तयारी थालेका छौँ’, महासचिव गुरुङले भने, ‘हामी आठ टिममात्र सहभागिता गराउने तयारीमा छौँ, आर्मी र एपीएफ आउने पक्का भएको छ भने गण्डकीको पनि टिम रहनेछ ।’
पोखरामा महिला फुटबलको गतिविधि नै न्यून भएकाले संघले महिला फुटबललाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
महासचिव गुरुङले दीर्घकालीन सोच राखेर महिला फुटबलको विकासका लागि संघले पहिलो कदम चालेको स्पष्ट पारे ।
संघले खेलाडी, प्रशिक्षक तथा रेफ्री विकासका लागि तालिम, गोष्ठी तथा कोर्ष सञ्चालन गर्दै आइरहेको छ ।
Copyright © 2024 | All rights reserved.