0
प्रतिक्रिया
पोखरा । लायन्स क्लब अफ पोखरा तालबाराहीको अध्यक्षमा लेखनाथ पहारी निर्वाचित भएका छन् । लायन बर्ष २०२५/२०२६ का लागि पहारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा डा. थानेश्वर पहारी, द्वितीय उपाध्यक्षमा शेरमान गुरुङ, सचिवमा डा. विकास पहारी र कोषाध्यक्षमा डा. सुरेश पहारी छन् ।
यस्तै, डिस्ट्रिक्ट चिफ तथा क्लबका सस्थापक अध्यक्ष भीष्मराज पौडेल संयोजक, डिस्ट्रिक्ट काउन्सलर एवं क्लबका पूर्वअध्यक्ष दीपेन्द्र राई र डिस्ट्रिक्ट एडभाइजर एवं क्लबका पूर्वअध्यक्ष नारायणप्रसाद पौडेल सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको सचिव डा. पहारीले जानकारी दिए ।
क्लबको मार्केटिङ चेयरपर्सनमा प्रकाशचन्द्र पहारी र क्लब एडमिनिस्टेटरमा शिवप्रसाद तिमिल्सिनालाई चयन गरिएको उनले जानकारी दिए ।
क्लब अध्यक्ष प्रकाश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति संयोजक भीष्मराज पौडेल, सदस्य दीपेन्द्र राई र नारायणप्रसाद पौडेललगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै क्लबले विगतमा गरेको काम निकै प्रभावकारी रहेकोले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।
Copyright © 2024 | All rights reserved.