बैशाख २७, २०८२, शनिबार

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट गर्दै प्रेस युनियन


Advertisement Image
clock icon 7 hours, 59 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल प्रेस युनियनले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना गर्ने भएको छ । नागरिक समृद्धि र समृद्ध नेपालका लागि बहुआयामिक परिवर्तन र समाज रुपान्तरणमा योगदान दिन समिट आयोजना गरिएको युनियनले जनाएको छ ।

युनियन अध्यक्ष शिव लम्सालका अनुसार समिट वैशाख २७ देखि ३० गतेसम्म काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म सञ्चालन हुनेछ ।

उनका अनुसार समिटमा विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एशियामा मिडियाले भोग्नुपरेका समस्या र पत्रकारिताको प्रभावबारे विभिन्न छ मुलुकका विषय विज्ञको प्रस्तुति रहनेछ ।

समिटमा ‘जलवायु संकट र पत्रकारिता, एआई र न्यू मिडिया इन साउथ एशिया’ तथा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुने अध्यक्ष लम्सालले जानकारी दिए ।

मुस्ताङको जोमसोममा स्थानीयवासीको सहभागितामा जलवायु संकटमा मिडियाको भूमिका’ बारे अन्तक्र्रिया हुने उनले बताए ।

वैशाख २७ गते ललितपुरको होटल हिमालयमा बिहान ९ बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवले समिटको औपचारिक उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न मुलुकका पत्रकारले सम्बोधन गर्ने कार्यक्रम छ ।

उद्घाटनपछि राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा भन्ने विषयमा प्रस्तुति तथा छलफल हुनेछ ।

विदेशी पत्रकारसहित करिव एक सय ५० जना पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमान्थाङसम्म हुनेछ । लोमान्थाङ घोषणापत्र जारी गर्दै समिट समापन हुने अध्यक्ष लम्सालले बताए ।

Copyright © 2024 | All rights reserved.