बैशाख २७, २०८२, शनिबार

बुद्ध जयन्तीमा मोहोरिया मेला हुने


Advertisement Image
clock icon 9 hours, 48 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको रुपा गाउँपालिकास्थित मोहोरियामा २५६९औं बुद्ध जयन्तीको अवसरमा तीन दिने मोहोरिया मेला हुने भएको छ । 

सिद्धार्थ स्मृति क्लबको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो । “खेलकुदद्वारा स्वास्थ्यमा सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित मेलाको मुख्य आकर्षक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका पूर्वअध्यक्ष जीतबहादुर थापाले जानकारी दिए ।

भलिबलमा विजेताले ४० हजार, उपविजेतालाई २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ । विधागत रुपमा पनि उत्कृष्ट घोषणा गरी पुरस्कार वितरण गरिने छ ।

प्रतियोगितामा सहभागी हुन तीन हजार दर्ता शुल्क तोकिएको थापाले बताए । तीन दिनसम्म चल्ने मेलामा विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, मोहोरिया होमस्टेको प्रवद्र्धन गरिने थापाको भनाइ छ ।

क्लबले विगत २५ वर्षदेखि बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ । क्लबले आयोजना गरेको भलिबलमा सहभागी भएका खेलाडी इम राना राष्ट्रिय भलिबलको कप्तानसमेत हुन सफल भएका छन् । क्लबले भलिबलको खेलाडी उत्पादनमा विशेष योगदान गर्दै आएको छ ।

कार्यक्रम सन्चालनको लागी स्थानीय संघ संस्था, बैदेशिक रोजगारीमा रहेका गाउँका दाजुभाइ तथा शुभचिन्तकसँग सहयोग आह्वान गर्नेछ ।

कार्यक्रममा तीन लाख रकम संकलन गर्ने दुइ लाखमा कार्यक्रम सम्पन्न गर्ने र एक लाख बचत गर्ने क्लबकाे अनुमान छ ।

उक्त बचत रकम क्लबले गर्ने सामाजिक कार्यमा नै खर्च गर्ने पनि थापाले बताए।

Copyright © 2024 | All rights reserved.