बैशाख २९, २०८२, सोमबार

हाइकर्स क्लबको हाइकिङ तनहुँको मानुङकोट


Advertisement Image
clock icon 10 hours, 32 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सम्पन्न गरेको छ ।

क्लबले स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ पाँच बर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ ।

पोखराको दरबारथोकमा भेला भएर नगरबसमा पृथ्वी राजमार्गको मानुङकोट चोकबाट पैदलमार्ग हुँदै ब्यास नगरपालिका वडा नं ५ को १०८० मिटर उचाइमा रहेको पर्यटकीय स्थान मानुङकोटसम्म हाइकिङ गरिएको थियो ।

साथै फर्कदा मानुङकोटबाट म्याग्दे गाउँपालिका वडा नं. १ ताक्राङ हुँदै पृथ्वीराजमार्गमा आएको थियो ।

हालसम्म क्लबले गण्डकी प्रदेशका तीन जिल्ला कास्की, स्याङ्जा र तनहुँका विभिन्न ठाउँमा हाइकिङ गराउँदै आएको र तनहुँका थप्रेक गाउँ, दगाम सामुदायिक होमस्टे, किल्चोक अकला मन्दिर, भीमादको घाङ्च ल्हुममा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको क्लब अध्यक्ष कृष्ण रानाभाटले बताए ।

Copyright © 2024 | All rights reserved.