जेठ ०२, २०८२, बिहीबार

माइक्रो बस दुर्घटनामा तीनको मृत्यु


Advertisement Image
clock icon 7 hours, 42 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा मोइक्रोबस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । मृतक दुई पुरुष एक महिला भए पनि सनाखत हुन बाँकी छ ।

धादिङबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको विद्युतीय माइक्रो बस पृथ्वी राजमार्गअन्तर्गत पोखरा-३२, लामेआहालमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित आठ जना घाइते भएको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा तीन जनाको निधन भएको हो ।

माइक्रो तीव्र गतिमा चलाइएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Copyright © 2024 | All rights reserved.