जेठ ११, २०८२, शनिबार

पाेखरामा तरबुजा मेला सम्पन्न


Advertisement Image
clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित तरबुजा मेला सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं.१३ कार्यालयको समन्वयमा भएको उक्त मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधिहरू सम्पन्न गरिएका छन् ।

पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजाहरू मेलामा राखिएका थिए ।

महानगरपालिकाको करिब २ सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायीक कृषकहरूले तरबुजा खेती गरेका छन् ।

करिब २ सय टन उत्पादनको अनुमान गरिएको यस खेतीबाट २ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

पछिल्लो समय पोखरा महानगरपालिका क्षेत्रमा यसको उत्पादन राम्रो भएको र यसखेति प्रति कृषकहरूको समेत आकर्षण बढेको पाइएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए । कृषकहरूले पनि यसबाट आफूहरूले राम्रो आम्दानी गरिरहेको बताएका छन् ।

मेलामा सहभागीहरूले स्थानीय स्तरमा उत्पादन भएको अर्ग्यानिक तरबुजाको स्वाद लिएका छन् भने यो निकै स्वादिलो र मीठो भएको प्रतिक्रिया दिएका छन् ।

Copyright © 2024 | All rights reserved.