0
प्रतिक्रिया
पोखरा । पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्था लिले महिला शेयर सदस्यलाई उद्यमशील बनाउन अचार बनाउने तालिम सम्पन्न गरेको छ ।
तालिममा प्रशिक्षक अनामिका श्रेष्ठले नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भूपू परिवार र ठकुरी युवा परिवार कास्कीका महिला सदस्यलाई मासु, मेथी र लसुनको अचार बनाउन सहजीकरण गरेका थिए ।
नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा भएको कार्यक्रममा अध्यक्ष राजाराम शाहीले महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको जानकारी दिए ।
उनले तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्न चाहनेलाई संस्थाले नीति नियम अनुरुप सहयोग गर्ने प्रतिबद्वता पनि व्यक्त गरे ।
प्रशिक्षक अनामिका श्रेष्ठले आमा दिदी बहिनीले आफ्नै घरमा बसेर पनि खाली समयमा अचार बनाएर आफुलाई घर खर्च चलाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।
उनले तालिमबाट सिकेको सीपलाई फुर्सदको समयमा अचार बनाएर बेच्न सदस्यलाई पनि गरिन् ।
उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि आफूहरुले सहयोग गर्ने संस्थाले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.