0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा निर्वाचनमार्फत विद्यार्थी परिषद र जुनियर रेडक्रस सर्कलको नेतृत्व चयन भएको छ ।
विद्यार्थी परिषदको अध्यक्ष पदमा कक्षा १० का अभिषेक श्रेष्ठ विजयी भए । निर्वाचनमा उनले एक सय २७ मत प्राप्त गरे ।
उपाध्यक्षमा कक्षा ९ का सेरन पुन एक सय ४५ प्राप्त गरी विजयी भए । साथै सचिवमा कक्षा ८ की सेलेस्टी गुरुङ एक सय सात मतप्राप्त गरी विजयी भएकी छन् ।
यसै जुनियर रेडक्रस सर्कलको अध्यक्षमा एक सय तीन मतसहित कक्षा १० का समर पुर्जा विजयी भए ।
सर्ककलको उपाध्यक्षमा कक्षा ९ की जोय नेफिल गुरुङ एक सय ३१, सचिवमा एक सय दुई मतसहित कक्षा ८ की प्रकृति अधिकारी र कोषाध्यक्षमा एक सय ४३ मतसहित प्रतिक केसी निर्वाचित भए ।
मतदानमा कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी थिए । कूल ९३ दशमलव ७ प्रतिशत मत खसेकामो ८दशमलव७ प्रतिशत मत बदर भएको विद्यालयले जनाएको छ ।
निर्वाचन सम्पन्न गर्न विद्यालयका प्राचार्य विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी प्रमुख निर्वाचन आयुक्त, सहायक प्राचार्य कृष्ण लम्साल निर्वाचन आयुक्त, निराजन थापा निर्वाचन अधिकृत एवं विजयबाबु अधिकारी मतदान अधिकृतको भूमिकामा थिए । सुरक्षाकर्मीको रुपका विद्यार्थी नै खटिएका थिए ।
विद्यालयका शिक्षक सन्दिप विक, आनन्द थापा, नवीन तिमिल्सिना, भारती गौतम तथा सागर अर्यालले निर्वाचनका लागि सहजीकरण गरेका थिए ।
विद्यार्थीलाई मताधिकार, मतदान प्रक्रिया, जनप्रतिनिधि छनोटका साथै निर्वाचन प्रणालीबारे व्यवहारिक ज्ञान दिनका लागि मतपत्र, मतपेटिका, स्वस्तिक चिन्हसमेत व्यवस्था गरिएको थियो ।
प्रमुख निर्वाचन आयुक्त एवं विद्यालयका प्राचार्य भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीमा व्यवहारिक ज्ञान दिने दावी गरे । उनले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले सोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।
विद्यालयका सहायक प्राचार्य एवं निर्वाचन आयुक्त लम्सालले विद्यार्थीलाई अन्य निर्वाचनबारे जानकारी गराउन पनि यो निर्वाचनले राम्रो शिक्षा दिएको विश्वास व्यक्त गरे ।
Copyright © 2024 | All rights reserved.