जेठ ११, २०८२, शनिबार

धादिङ-पोखरा सम्पर्क समाज ज्वालामुखी इकाइको साधारणसभा


Advertisement Image
clock icon 5 days, 21 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । धादिङ-पोखरा सम्पर्क समाज ज्वालामुखी इकाइको आठौँ वार्षिक साधारणसभा एवं शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरुले समाजको गरिमालाई माथि उठाउन सबै धादिङवासी एकतावद्ध हुन आवश्यक रहेको बताइन् ।

उनले पछिल्लो समयमा समाजको महत्व बढ्दै गएको भन्दै सबैको सहयोग र सहकार्यले मात्र समाज गतिशील बन्ने बताइन् ।

समाजका सल्लाहकार परिषद् सदस्य एवं इकाइका सल्लाहकार नवराज दुवाडीले समाज स्थापना गर्दाको अनुभव सुनाए ।

कार्यक्रममा समाजका महासचिव प्रकाश दुलाल, इकाइका सल्लाहकार रामकृष्ण दुवाडी, संस्थापक शेरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष सरोज कुँवर, धादिङ-त्रिपुरा बराही महिला समूहका वरिष्ठ उपाध्यक्ष रचन अधिकारी, सिद्धलेक इकाइका सचिव भूपेन्द्र सिलवाल, कार्यक्रम संयोजक देवराज अर्याललगायतले बोलेका थिए ।

इकाइ अध्यक्ष लालप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्ञानेन्द्रबहादुर थापाले स्वागत र सचिव प्रकाश अर्यालले सञ्चालन गरेका थिए ।

सो अवसरमा इकाइको विभिन्न गतिविधिमा महत्वपूर्ण सहयोग गर्नेहरु सल्लाहकार नवराज दुवाडी, राजन पन्त र राजेन्द्र इटनीलाई सम्मान गरिएको थियो ।

Copyright © 2024 | All rights reserved.