0
प्रतिक्रिया
पोखरा । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै छ । जसको प्रभावले अझै तीन दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हवाहुरी र चट्याङ परिरहेको उल्लेख गर्दै सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकाले जुनसुकै समयमा पनि वर्षा हुने बताइन्छ ।
अहिले प्रिमनसुनको समयमा खासगरी साँझको समयमा चट्याङसहितको वर्षा हुने गर्छ । आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी पर्ने सम्भावना छ ।
देशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।
Copyright © 2024 | All rights reserved.