जेठ ०८, २०८२, बुधबार

जनप्रियमा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम


Advertisement Image
clock icon 23 hours, 36 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले कार्यस्थलमा हुने लैङ्गिक हिंसा व्यक्त नगर्दा मानसिक पीडा सिर्जना हुने हुँदा परिवार र समाजलाई गम्भीर असर पर्ने भएकाले हिंसाका विरुद्ध सशक्त आवाज उठाएर कानुनी उपचार खोज्न सुझाए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले क्याम्पस परिसरमा लैङ्गिक हिंसाका कारण कार्यसम्पादनमा प्रतिकुल असर नपरोस् भनेर सचेतना कार्यक्रम राखिएको र समस्या आएपछि पछुताउनुभन्दा समयमै होसियारी अप्नाउनु बुद्धिमता भएको बताए ।

कार्यक्रममा स्रोत व्यक्ति उपप्राध्यापक तथा अधिवक्ता दिनेश आचार्यले लैङ्गिक हिंसाको परिचय, परिभाषा, प्रकार, कारण र निवारणका उपायमा प्रशिक्षण दिएका थिए ।

आचार्यले मानसिक, आर्थिक, सामाजिक, साँस्कृतिक, यौनिक र यौन हिंसाका बारेमा सहभागीलाई अन्तरक्रियात्मक रूमा समेटदै लैङ्गिक समानताको प्रवर्धनका लागि सबैले आआफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएका थिए ।

सचेतना कार्यक्रममा पूर्व क्याम्पस प्रमुख लोकराज भण्डारी, सहायक क्याम्पस प्रमुख नवीनराज खनाल डा. भावना पोखरेल, सुरेश रानाभाट, डा.विष्णुप्रसाद शर्मा, टंक बराल, गणेश चालिसे, टोपलाल खनाललगायतले लैङ्गिक संवेदनशीलता र समानताको महत्वका बारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायका ४० जना शिक्षक तथा कर्मचारीको सहभागिता रहेको सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख नवीनराज खनालले धन्यवाद ज्ञापन गरेका थिए भने उपप्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.