जेठ २४, २०८२, शुक्रबार

सवारी दुर्घटनामा तीनको मृत्यु, चार जना घाइते


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

मकवानपुर । मकवानपुरमा सोमबार साँझ सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, सिराहा औराही गाउँपालिका वडा नं १ का ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर र रघुनन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कृष्ण बलामी र रघुनन्दन यादवको ठेगाना अझै खुलेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं ३ मा बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भई अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिँदा सो घटना भएको हो ।

बस चालक थाहा-५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.