जेठ २३, २०८२, बिहीबार

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

नवलपुर । नवलपुरमा सोमबार तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका वडा नं ७ का २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार २८ वर्षीय मनिष घर्ती मगरको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं ७ मा अम्रसाबाट चोरमारा बजारतर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.