0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समूहले आयोजना गरेको १५ दिने मादल बजाउने तालिम सम्पन्न भएको छ ।
रातोपैह्रास्थित समूहको बहुद्देश्यीय सभाहलमा सञ्चालित तालिममा १७ जना महिला सहभागी थिए ।
सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा मादल बजाउने कलाकारको अभाव बढ्दै गएपछि समूहको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको मूहका अध्यक्ष पार्वतीय खड्काले जानकारी दिइन् ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरेकी थिइन् ।
कार्यक्रममा उनले सिकेका सिपलाई व्यवहारमा उतार्नसके तालिम सफल हुने विश्वास व्यक्त गरिन् । आमा समूह र मादल एकअर्काका परिपूरक रहेको भन्दै उनले यस्ता तालिममा वडास्तरबाट आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।
सञ्चारकर्मी हरि बास्तोलाले आमा समूहको माध्येमबाट महिला नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै समूहलाई स्थानीय सरकारको सहयोग अपरिहार्य भएको बताए ।
कार्यक्रममा समाजसेवी टिकाराम पौडेलले, प्रशिक्षक दिलिप गायक, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, सहभागी रञ्जिता सुवेदी, समूहका उपाध्यक्ष मीना द्वारे खाँण, सदस्य लेस्ली ठुसाजुलगायतले बोलेका थिए ।
समूहले सो क्षेत्रका चार जना क्यान्सर पीडितलाई जनही २५ हजार रुपैयाँ सहयोग गरेको सचिव सिर्जना खनालले जानकारी दिइन् ।
Copyright © 2024 | All rights reserved.