जेठ ३०, २०८२, बिहीबार

मानव अधिकारको सम्मान र संरक्षण जरूरीः प्रदेश प्रमुख भट्ट


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको २५औँ वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयद्वारा पोखरामा आयोजित कार्यक्रममा उनले विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड भएको बताए ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् भए नभएकोबारे ख्याल गर्न जरुरी रहेको उल्लेख गर्दै उनले सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने बताए । 

मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षणमा आयोगले आफ्नो स्थापनाकालदेखि पुर्‍याएको योगदानको चर्चा प्रमुख भट्टले गरे ।

मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको उनको भनाइ छ । 

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नीतु गड्तौलाले अधिकार र दायित्वको समुचित प्रयोग गर्दै मानव अधिकार मैत्री राष्ट्र र समाज निर्माणतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लोकतन्त्र र मानव अधिकारी एक अर्काका परिपुरक भएको बताउँदै मानव अधिकार लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरे ।

Copyright © 2024 | All rights reserved.